राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताए ।

बैठक शनिबारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नभएपछि बैठक आज बस्न लागेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते (सोमबार) उम्मेदवारी दर्ताको कार्य तालिका छ । त्यसैले कांग्रेस आफ्नोतर्फबाट उम्मेदवार टुंगो लगाउन जुटेको हो ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुने छ । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

सिट बाँडफाँटलाई अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको बैठक आइतबार बिहान पनि बस्दै छ । शनिबार मध्यरातसम्म बसेको बैठकमा कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ६ र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट लिने मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीले तीन सिटमा र जनमत पार्टीले १ सिटमा दाबी गरेकाले अन्तिम टुंगो लाग्न बाँकी छ । त्यसैले आज बिहान फेरि बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने तयारी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?