back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

सीट बाँडफाँटमा कुरा मिलेन : सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

spot_img

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म  बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा नमिलेको हो।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार बैठक आज बिहान फेरि बस्नेछ।

राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेका हुन्।  उनीहरुको दाबीअनुसार १९ सिटका लागि २६ पुगेको छ। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए।

सातै प्रदेशमा पुस २३ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?