काठमाडौं ।
अयोध्यामा आयोजना गरिएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभूमि तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् ।
अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाज अनुसार विशेष पूजा यही १७ जनवरी देखि प्रारम्भ हुँदैछ । यस प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीको रुपमा गौतमलाई निमन्त्रणा गरिएको हो श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ ।