सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३ (ङ) बमोजिम ८ वर्ष कैद हुने फैसला सुनाएको हो।

अदालतले उनलाई ३ लाख रूपैयाँ जरिवाना पनि सुनाएको छ। जरिवाना बापतको ३ लाख र पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई ध्यानमा राखेर थप दुई लाख रूपैयाँ क्षतिपूर्ति गरी ५ लाख रूपैयाँ पीडित युवतीलाई भराउन  आदेश भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

गत पुस १३ गते नै अदालतले एक युवतीलाई बलात्कार गरेको मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ मा पुर्पक्षका लागि थुनामा नबसेको अवस्थामा १० वर्षसम्म कैद सजाय भएको कसुरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिका लागि कारण खुलाई निवेदन गर्न सक्ने र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले अनुमति दिन सक्ने व्यवस्था छ। त्यसका लागि लामिछानेका कानुन व्यवसायी उच्च पुगिसकेका छन्।

गत वर्ष भदौ ५ गते युवतीलाई गौशालास्थित होटलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यससँगै उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर उच्च अदालतले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले गत वर्ष फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेशमा हुने प्रतियोगिता खेल्न जाने अनुमति समेत दिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?