संघीयता कार्यान्वयनमा ३ तहका सरकारको सहकार्य जरुरी छ : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघीयताको कार्यान्वयनका लागि तीनवटै तहका सरकारको सहकार्य र समन्वय जरुरी रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी बुधबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख घर्तीले यस्तो बताएका हुन् । उनले तीन तहकै सरकार एक अर्कामा अन्तर सम्बन्धित नभए संघीयता कार्यान्वयन गर्न नसकिने बताए । उनले भने,“ हामीले संघ, प्रदेश र स्थानीय तहलाई एकीकृत बहसमा नलग्ने हो भने, सँगसँगै जोडेर नलग्ने हो भने, अन्तरसम्बन्धित भएर अगाडि नबढ्ने हो भने, कानुन निर्माण र विकास निर्माणका सवालमा अन्तरसम्बन्धित र एकले अर्काको अस्तित्व स्वीकार गरेर एकले अर्कालाई सहयोग गर्ने सहयोगीका भूमिका निभाउन नजान्ने हो भने संघीयता कार्यान्वयन गर्न सकिदैन ।”

संघीय संरचनाको सबैभन्दा नयाँ र अपरिचित संरचना प्रदेश भएको हुँदा यसलाई सही कार्यान्वयनको लागि सबै तहका सरकारसँग सहकार्य जरुरी रहेको उनको भनाई थियो । स्थानीय तह गाउँपालिका तथा गाविसको रुपमा र संघीय सरकार पनि पहिला देखि चलेको भन्दै प्रदेशलाई स्थापित गर्नु अहिलेको आवश्यकता रहेको उनको उनको भनाई छ । “संघीय संरचनाको, संघीय शासन प्रणालीको सबभन्दा महत्वपूर्ण र नितान्त नयाँ अपरिचित संरचना भनेको प्रदेश संरचना हो” उनले भने “प्रदेशलाई जनताको दिल दिमागसम्म, स्थानीय जनप्रतिनिधिको दिल दिमागसम्म संघीयतालाई स्थापित गर्नुपर्ने छ ।”

विकास निर्माणका लागि सरकारसँग र कानुन निर्माणमा प्रदेश सभासँग समन्वय गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई सभामुखले आग्रह समेत गरे । स्थानीय तह संघीयताको जग भएको भन्दै सभामुख घर्तीले अधिकांश स्थानीय तहले कानुन नबनाई कार्यविधिबाट सञ्चालन भएको पाइएको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?