अर्घाखाँची पर्यटन प्रबर्द्धन अभियान २०८० निर्देशक समितिको बैठक सम्पन्न 

सन्धिखर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा समुद्घाटन हुने अर्घाखाँची पर्यटन प्रबर्द्धन  २०८० को लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निर्देशक समितिको बैठक सम्पन्न भएको छ । 

“आर्थिक विकास, पर्यटन प्रबर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम – २०८०“ अभियानले अर्घाखाँचीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार प्रसार र प्रबर्द्धन गर्नेछ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रम माघ १ गते सन्धिखर्कको टुँडिखेलमा उद्घाटन गरी शुभारम्भ गरिनेछ ।

कार्यक्रमलाई सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा कार्यक्रमका निर्देशक जीवनारायण कोइरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समितिको चयन समेत गरिएको छ । जसमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासङ्घका अध्यक्ष अशोक खनाल, अभियानका प्रवक्ता हृदयकुमार भुसाल रहेका छन् ।

बैठकमा ६ वटै स्थानीय तहका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र पत्रकारहरूको उपस्थिति रहेको थियो । बैठकले कार्यक्रम उद्घाटन पूर्वको विभिन्न कार्यक्रमहरूको तयारी समेत गरेको छ । जसमा पुस २७ गते पर्यटन प्रबर्द्धन सम्बन्धी निर्माण गरिएको गीतको शुभारम्भ, २८ गते बिहान प्रभात फेरी, २९ गते बिहान सरसफाइ सोही दिन दिउसो २ बजे मोटरसाइकल र्याली र साँझ दीप प्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता हृदयकुमार भुसालले जानकारी दिए ।

पर्यटन प्रबर्द्धन अभियान सम्पन्न गर्न र गराउन सबै पक्षलाई पत्रकार महासङ्घका अध्यक्ष अशोककुमार खनालले अनुरोध गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?