मलाई सधैँ मेरो देशको पीरले सताउँछ,
विकास नभएको पाखा भीरले सताउँछ।
राजनीति गर्छन् बस त्यो कुर्सी को लागि,
नेताले जनतालाई रोपेको झिरले सताउँछ ।
देश बनाउने होइन बिगार्ने धेरै आए यहाँ,
धनीले गरिबलाई हानेको तिरले सताउँछ।
हामी सबै एकै हुन अब जरुरी भएको छ,
आज नेपालीको झुकेको शिरले सताउँछ ।