back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

रास्वपाका २१ सांसदले अलपत्र आयोजनाको पैदलयात्रा गर्ने

spot_img

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र विकास आयोजनाको पैदलयात्रा गरेर सरकारलाई दबाब दिने भएको छ।

पार्टीको माघ ३ गते बस्ने केन्द्रीय समितिको बैठकले यसको विस्तृत कार्ययोजना पारित गर्ने पार्टी उपसभापति तथा सांसद डिपी अर्याल (डोलप्रसाद)ले जानकारी दिए।

उनका अनुसार लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा छन्।

‘त्यसका लागि सांसदकै नेतृत्वमा रहेका पूर्वाधार विभागले काम गरिरहेको छ। उहाँहरूको अध्ययनले कुन–कुन आयोजना देखाउँछन्, त्यहाँ हामीले पैदलयात्रामार्फत् दबाब सिर्जना गर्नेछौं। राष्ट्रिय गौरबका आयोजना पनि हुन सक्छन्, अरू साना–ठूला र राष्ट्रिय महत्त्वका आयोजना पनि पर्न सक्छन्,’ सेतोपाटीसँग उनले भने।

शनिबार काठमाडौं क्षेत्र नम्बर ८ ले आयोजना गरेको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले यसको घोषणा गरेका थिए।

रास्वपाले यसअघि पुस ९, १० र ११ गते नारायणघाट–बुटवल खण्डअन्तर्गत ११३ किलोमिटर सडकमा पैदलयात्रा गरेको थियो।

ठेकेदारले म्याद अवधिभर निर्माण पूरा नगरेपछि त्यस क्षेत्रका नागरिकले पाउनुसम्म सास्ती पाएका थिए। त्यस क्षेत्र भएर यात्रा गर्ने नागरिकले गुनासो गरेपछि निर्माण पूरा गर्न दबाब दिने ध्येयले पैदलयात्रा गरिएको रास्वपाले बताएको थियो।

तर, त्यो पैदलयात्रा ओझेल पार्ने सरी सहकारी अपचलनमा आफूलाई मुछ्न खोजिएको सभापति लामिछानेले दुखेसो पोखेका थिए।

‘हाम्रा साथीहरूसँगै जोडिएर बुटवल–नारायणगढ पैदल यात्रा गरेको थिएँ। त्यो पैदल यात्रामा खुट्टामा फोका उठेर घाउ भएर त्यति दुःखेन, जति यति दुःख गरेर त्यो बाटो बनाउन दबाब दिने बेलामा गलत समाचारको हेडलाइनले दुख्यो,’ उनले भने, ‘त्यसैले हामी हावा टन्न भएको भलिबलजस्ता हौं, ड्याङ्ग हान्नेबित्तिकै झन् माथि उफ्रने!’

उनले अब २१ जना सांसदले अलपत्र विकास आयोजनाहरू पूरा गर्न दबाब दिने पैदलयात्राको अगुवाइ गर्ने पनि बताए।

‘लामो समयसम्म अलपत्र रहेका, नबनेका आयोजनाहरूको, एउटा होइन, २१ जना सांसदले ती आयोजनाहरूको पैदल यात्रा गर्नेछौं,’ उनले भने, ‘२१ सांसदको नेतृत्वमा पैदलयात्रा गरेर यसको ज्ञापनपत्र होइन, समाधानपत्र सरकारलाई दिनेछौं।, नबनेसम्म खबरदारी गर्ने मिसन ८० को बारेमा सार्वजनिक गर्न चाहन्छु,’ उनले शनिबार घोषणा गर्दै भने।

उनले रास्वपा नागरिकप्रति उत्तरदायी भएको बताए।

‘हामी जनताप्रति उत्तरदायी छौं, प्रश्न र त्यसको समाधान आम जनतामा लिएर जान आएका हौं। हाम्रा कैयन् साथीहरूले खुलारूपमा जनतासँग प्रत्यक्ष साक्षात्कार गरिरहनुभएको छ। हरेक प्रश्नलाई सामना गरिरहनुभएको छ। आफ्नो हिसाव जनतालाई बुझाउनुभएको छ। हामीले संसद्को अधिवेशन आफ्नो हिसाब सार्वजनिक गर्दै आएका छौं। मलाई थाहा छैन, नेपाली राजनीतिमा यो सुसंस्कृत अभ्यासले कति ठाउँ पाएको छ, केही साथीहरूले अवश्य पनि गर्नुभएको छ होला,’ उनले भने।

रास्वपाले आफ्नो जीवनकालभरि नै यसलाई आफ्नो चरित्र बनाउने निर्णय गरेको पनि उनले बताए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?