काठमाडौं ।
पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य पदमा अर्घाखाँचीका लक्ष्मण पन्थीलाई मनोनित गरिएको छ।
छत्रदेव गा.पा वडा नम्बर ७ भगवती, अर्घाखाँचीमा पिता प्रेमप्रसाद पन्थी र माता हुमकला पन्थीका माइला छोराको रुपमा जन्मिएका पन्थी दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय तथा केन्द्रीय समितिका सभापति तथा विश्व ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका प्रवक्ता समेत हुन् ।
पन्थीले आज पन्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा मनोनित भएको पत्र बुझेका हुन् ।