back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

चितवनमा १० महिनापछि देखियो कोरोना

spot_img

चितवन । चितवनमा १० महिनापछि कोरोना देखिएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतवार र आज (मंगलवार) गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो।

Workplace

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धलाई परीक्षणका क्रममा कोरोना भएको पुष्टी भएपछि अस्पतालमै राखी उपचार शुरु गरिएको सूचना अधिकारी पौडेलले बताए। साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ।

जिल्लामा १० महिनापछि पुनः कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। चितवनमा पछिल्लो पटक गत चैतमा कोरोना देखिएको थियो।

कोरोना देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। कार्यालयले कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायत सुझाव दिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?