एकीकृत समाजवादीको आम्दानी आठ करोड, बचत २२ लाख

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।

लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार ७०९ भएको छ। पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ।

चालु आवको बचत र अघिल्लो  वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।

पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?