सभापति देउवासहित कोइराला र भण्डारीले पर्वतमा एकसाथ सम्बोधन गर्दै

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वतमा एकै मञ्चमा सम्बोधन गर्न लागेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले बताए।

सोमबार बिहान ११ बजेदेखि पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा हुने कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्न लागेका हुन्।

कार्यक्रमको तयारीका लागि विभिन्न १५ वटा समितिहरू बनाएर काम गरिएको र सबै तयारीहरू पूरा भएका सचिव गुप्तनीधि शर्माले बताए। सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदै छन्।

सचिव शर्माका अनुसार बन्द सत्रमा जिल्ला सभापति युवराज जोशीले राजनैतिक प्रतिवेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिवेदन पेस गर्ने छन्। यस बाहेक वार्षिक समीक्षा र वार्षिक कार्ययोजना उपर  छलफल गरी पार्टीको अवस्थालाई थप चलायमान बनाउने गरी सम्मेलनले योजना तय गर्ने छ।

विभिन्न राजनीतिक दलहरूप्रति देखिएको विकृति, युवाहरूको निराशा, जनतामा रहेको विकासको आकंक्षा र कांग्रेस पार्टीमा देखिएका कमजोरी केलाउने अवसरको रूपमा जिल्ला सम्मेलनलाई उपयोग गर्ने पर्वत कांग्रेसको तयारी छ। यो सम्मेलनले नेपाली कांग्रेस पर्वतलाई एक ढिक्का बनाउने र वैचारिक रूपमा कांग्रेसको सङ्गठन मजबुत बन्ने कांग्रेसका नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेका गुटहरूमध्ये दुई नेता देउवा र कोइराला नै एकै मञ्चमा उभिन लागेकाले पर्वत कांग्रेसलाई यसले हौसाएको छ। केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न गुट र उपगुटमा रहेको पर्वत कांग्रेसलाई एक गराउनको लागि पनि देउवा र कोइरालाको उपस्थितिले बल पुग्ने नेताहरूको विश्वास छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?