वाइफाइ नेपाल ईन्टरनेटले बुटवल, भैरहवा लगायतबाट सेवा सञ्चालनमा ल्यायो

बुटवल । वाइफाइ नेपाल ईन्टरनेट सेवा प्रदायक संस्थाले रुपन्देहीको बुटवल ,भैरहवा ,मुर्गिया मणिग्रामसहित एकैसाथ सेवा सञ्चालनमा ल्याएको छ ।नेपालकै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवाका रुपमा चिनिएको यस इन्टरनेट कम्पन्नीले सेवा विस्तारका क्रममा रुपन्देहीको चार वटा शहरमा एकैसाथ सेवा सुचारु गरेको हो ।

कम्पन्नीले जिल्लाको चार शहरमा सेवा शुरु गरिएपनि थप अन्य शहर,बजारमा समेत सेवा विस्तारको योजना रहेको कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले बताए । छोटो अवधिमा ग्राहकको सेवामा समर्पित हुदै स्तरिय सुविधा प्रदान गरिआएको यस कम्पन्नीले देशभरिका ४५ वटा जिल्लामा वाइफाइ नेपालको इन्टरनेट पुगिसकेको उनको भनाई छ ।

कम्पन्नीले विशेषगरि आर्थिक अवस्था कमजोर भएका लक्षित समुदायलाई इन्टरनेटको पहुँच पुरयाँउदै सस्तो र उच्च सुविधा उपलव्ध गराउन आर्कषक अफर समेत सञ्चालनमा रहेको कम्पन्नीका मणिग्राम यूनिटका इन्चार्ज नरेन्द्र सेजवालले बताए ।
जसअनुसार वाइफाइ नेपालले सवैभन्दा सस्तो २४ महिने इन्टरनेट प्याकेजमा ५० एविपिएस जडान गर्दा ८ हजार ४ सय ७५ ,८० एमविपिएसमा ११ हजार ८ सय ६५ रुपैयामै स्पीड सेवा दिने उनले बताए । यस्तै,इन्टरनेट नविकरण गर्दा ५० एमविपिएसमा ७ हजार ३ सय ४५ र ८० एमविपिएस जडानका लागि १० हजार ७ सय ३५ मात्र शुल्क लिने कम्पन्नीले जनाएको छ ।

कम्पन्नीका कार्यकारी अधिकृत पञ्जियारका अनुसार सस्तो इन्टरनेट प्याकेजमा ५० एमविपिएसको ३ महीनाका लागि ३ हजार ५ सय ३, ६ महीनाका लापिग ४ हजार ६८ र एक बर्षको भने ६ हजार २ सय १५ शुल्क तिरे जडान समेत निशुल्क गर्ने व्यवस्था गरिएको छ । सोहि प्याकेज अनुसार ८० एमविपिएसको ३ महीना,६ महीना र १ वर्षका लागि क्रमशः४ हजार ६८, ५ हजार ३ सय ११ र ८ हजार ४ सय ७५ लाग्ने उल्लेख छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?