आवश्यक जनशक्ति पूर्ति गर्न सन्तान जन्माउने दर बढाउनु पर्छ : सांसद घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य राम्जी प्रसाद घिमिरेले विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको प्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

अर्घाखाँचीको पाणिनि ७ स्थित विद्या बिनोद माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् । विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुनुको कारण बसाइँसराइ मात्र नभएको घिमिरेको दावी छ ।

एक वा दुई मात्र सन्तान जन्माउन प्रेरित गर्दा राज्यलाई आवश्यक जनशक्ति कम हुँदै गएको बताउँदै घिमिरेले अब धेरै सन्तान जन्माउन प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकको एक्लो प्रयासले मात्र नभइ अभिभावक तथा विद्यार्थी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले आजै वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
माधव बेल्बासे
लेखकको बारेमा

माधव बेल्बासे

बेल्वासे पाणिनि न्युजका प्रधान-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?