भुमिकास्थान : छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भगवती माविलाई

गोपाल प्रसाद भट्टराई,
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुमिकास्थान–७ को भगवती मा।वि।ले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ८ स्वर्ण सहित १७ पदक जित्दै भगवती मा।वि।ले उपाधि चुमेको हो । भगवती मा।वि।ले ५ रजत र ४ कास्य पदक जितेको छ ।

यस्तै ८ स्वर्ण, ४ रजत र २ कास्य सहित १४ पदक जित्दै जनप्रिय मावि भुमिकास्थान–५, असुरकोट दोस्रो र २ स्वर्ण, ७ रजत र १ कास्य सहित १० पदक जितेको शान्ति मावि भुमिकास्थान–४, धारापानी तेस्रो भएका छन् । साविक विजेता नुवाकोट माध्यमिक विद्यालयले भने २ स्वर्ण, १ रजत र ४ कास्यसहित ७ पदकमा चित्त बुझाएको छ ।

प्रतियोगिता अन्तरगत छात्र भलिवल भगवती माध्यमिक विद्यालय भुमिकास्थान–९,डेभा र छात्रा भलिबल जनप्रिय मावि भुमिकास्थान–५, असुरकोटले जितेको छ । छात्र भलिवलमा जनजागृती मावि भुमिकास्थान–१०, धनचौर द्धितिय र प्रभावकर मावि भुमिकास्थान–३,धारापानी तृतिय भएका छन् । यस्तै छात्रा भलिवलमा जनजागृती मावि भुमिकास्थान–१०, धनचौर द्धितिय र शान्ति मावि भुमिकास्थान–४,धारापानी तृतिय भएका छन् ।

कबड्डी तर्फ छात्रको खेलमा नुवाकोट मावि भुमिकास्थान–८ चिदिचौरले स्वर्ण, शान्ति मा।वि।भुमिकास्थान–४,धारापानीले रजत र अन्नपूर्ण मा।वि।भुमिकास्थान–३ धारापानीले कास्य पदक जितेका छन् । त्यस्तै छात्रा तर्फको कबड्डीमा जनप्रिय मा।वि।भुमिकास्थान–५,असुरकोटले स्वर्ण, अन्नपूर्ण मा।वि।भुमिकास्थान–३ धारापानीले रजत र नुवाकोट मा।वि।भुमिकास्थान–८ चिदिचौरले कास्य पदक जितेका छन् ।

प्रतियोगिताको विजेता भुमिकास्थान–७ को भगवती माविलाई शिल्ड,ट्रफि र प्रमाणपत्र, उपविजेता जनप्रिय मावि असुरकोट र तृतिय स्थानको शान्ति मावि धारापानीलाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको नगर शिक्षा प्राविधिक सहायक नविन खड्काले जानकारी दिए । प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएको नगरशिक्षा शाखाले जनाएको छ ।

३ दिनसम्म चलेको प्रतियोगितामा १५ इभेन्टमा ३० स्वर्ण, ३० रजत र ३१ कास्य गरी ९१ पदकका लागि ३ सय ३९ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको नगर शिक्षा अधिकारी तुवलाल सापकोटाले बताए ।

नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर २०८० माघ १४ गतेदेखि सुरु हुने १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी गराइने भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?