बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३०३ मत खसेको छ ।
१२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेको लुम्बिनी प्रदेशमा २ जना स्थनीय तहका प्रतिनिधिको मत खसेन ।
बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदान गर्न आएनन् । दुई सिटका लागि भएको निर्वाचनमा लुम्बिनीमा छ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
अबको केही बेरमा मत गणना हुने निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारीले जानकारी दिए ।