back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

भोलि देखि शितगंगा महोत्सव शुरु हुँदै, मन्त्री रोज राणाले उद्घाटन गर्ने

spot_img

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले भोलि शुक्रबार देखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु हुने भएको छ ।

शितगंगा नगरपालिकालाई ब्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न थालिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।

शितगंगा नगरपालिका वडा नम्वर २ सीतापुरको गैरी खेतमा भोलि देखि शुरु हुने महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले समुद्धाटन गर्ने कार्यक्रम तय भएको छ ।

नगर भित्र उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागी महोत्सवले निकै राम्रो भुमिका खेल्ने आयोजकको अपेक्षा छ । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र दुई करोड भन्दा बढीको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?