अर्घाखाँची : १३ औँ राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

अर्घाखाँची । अर्घाखाँचीमा १३ औँ  जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा सन्धिखर्क टुडिखेल खेलमैदानमा आज देखि जिल्लास्तरका प्रतियोगिताहरु सुरु भएका हुन् ।

प्रतियोगिताको संस्कृति, नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री शुसिला श्रीपालिले ओलम्पिक ज्वाला बालेर उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालिले खेलकुद राष्ट्रलाई चिनाउने एक मात्र माध्यम खेलकुद भएको बताउदै यस क्षेत्रको बिकासमा आफुले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । श्रीपालिले खेल क्षेत्रलाइ पर्यटनसंग जोडेर बिकास गर्न मन्त्रालयले कानुन नै संशोधन गरेर अगाडि बढ्न लागेको बताए ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेल क्षेत्रले पर्यटन, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रको बिकास हुने भएकोले यश क्षेत्रको बिकासमा सबै स्थानिय तह लागि पर्ने प्रतिबद्धता  व्यक्त गरे ।

तीन दिनसम्म संचालन हुने  जिल्ला स्तरीय  रनिङ्ग शिल्ड प्रतियोगितामा ३० पदक र  २५८ शिल्ड ,मेडलका लागी ६ ओटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । खेललाई निष्पक्ष रुपमा संचालन गर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिए ।

जिल्ला स्तरीय  रनिङ्ग शिल्ड प्रतियोगितामा सन्धिखर्क, भुमिकास्थान, सितगंगाा नगरपालिका र छत्रदेब ,पाणिनी, मालारानी गाउँपालिका गरि खेलको सुरुमा मार्चपास समेत गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?