अर्घाखाँची । अर्घाखाँचीमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा सन्धिखर्क टुडिखेल खेलमैदानमा आज देखि जिल्लास्तरका प्रतियोगिताहरु सुरु भएका हुन् ।
प्रतियोगिताको संस्कृति, नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री शुसिला श्रीपालिले ओलम्पिक ज्वाला बालेर उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालिले खेलकुद राष्ट्रलाई चिनाउने एक मात्र माध्यम खेलकुद भएको बताउदै यस क्षेत्रको बिकासमा आफुले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । श्रीपालिले खेल क्षेत्रलाइ पर्यटनसंग जोडेर बिकास गर्न मन्त्रालयले कानुन नै संशोधन गरेर अगाडि बढ्न लागेको बताए ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेल क्षेत्रले पर्यटन, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रको बिकास हुने भएकोले यश क्षेत्रको बिकासमा सबै स्थानिय तह लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
तीन दिनसम्म संचालन हुने जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा ३० पदक र २५८ शिल्ड ,मेडलका लागी ६ ओटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । खेललाई निष्पक्ष रुपमा संचालन गर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिए ।
जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा सन्धिखर्क, भुमिकास्थान, सितगंगाा नगरपालिका र छत्रदेब ,पाणिनी, मालारानी गाउँपालिका गरि खेलको सुरुमा मार्चपास समेत गरेका थिए ।