शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको निष्कर्ष

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी मा शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको थाहा भएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।

टोलीले हरियो र निलो ढुसीको कारणले सुन्तला नष्ट भएको निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए । भण्डारण गर्दा प्राविधिक त्रुटी रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको कारण अघिल्ला वर्षहरुको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धान पछि पत्ता लागेको छ ।

सुन्तलालाई पटक पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएकोवैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तलाहरु टिपेकोले पनि ढुसी देखिएको थाहा भएको छ । किसानहरु मानबहादुर श्रेष्ठ, चिरञ्जिवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा सुन्तला राखेका थिए ।

बेमौसममा महँगोमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि किसानहरु चिन्तामा छन् । अघिल्ला दुई वर्षमा पनि सुन्तला यसैगरी कुहिएर नोक्सान भएको थियो । यसवर्ष गएको मङ्सिरमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीत भण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाए अनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानहरुको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?