बुटवल । अर्घाखाँचीका पत्रकार बिरेन्द्र केसी सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार केसी पुरस्कृत भएका हुन् । प्रदेश स्थापना दिवसको अवसरमा दाङमा आयोजित कार्यक्रममा केसीलाई नगद ५० हजार सहित सम्मान गरिएको हो ।
लामो समय देखि पत्रकारिता गर्दै आएका केसी नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष तथा कान्तिपुरका उपसम्पादक समेत हुन् ।
सो अवसरमा लुम्बिनी प्रदेशका अन्य ११ जना पत्रकारलाई पनि पुरस्कृत गरिएको थियाे ।