प्रेस चौतारी अर्घाखाँचीले मनायो २६ औं स्थापना दिवस

बाबुराम रसाइली,
अर्घाखाँची । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका विरामीहरूलाई भेटघाट तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिई शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरी मनाएको छ ।

श्रमजिबि पत्रकारहरुको प्रेशागत हकहित, सुशासन साथै जनजिबिका विभिन्न सबालमा समेत लामो समय देखी काम गर्दै आएको चौतारीले विभिन्न कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको छ । पत्रकारीता क्षेत्रको विकास, व्यावसायिक, मर्यादित रूपमा अगाडि बढाउन दिवसले सफलता मिलोस भन्दै कार्यक्रममा सहभागीहरुले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अथिती एवं नेकपा एमाले केन्द्रीय सल्लाह सदस्य नरेन्द्र कुमार क्षेत्रीले अर्घाखाँचीका पत्रकारहरु एक भैई विकास र समृद्धिको अभियान लाग्नु पर्ने भन्दै जनताका आवाज जस्ताको तस्तै बुलन्द गर्नुपर्ने बताए । कार्यक्रमका विशेष अथिती एवं नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले ब्यबस्था परिवर्तनको विभिन्न समयमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको मिडियाले अब जनताको अवस्था परिबर्तन, साथै सुशासन लागी पनि उतिकै भुमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला अस्पताल अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण भुसाल, प्रमुख डाक्टर जगनाथ तिवारी, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, लगायतले शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सचीव तोज बहादुर रायमाझी, नेता प्रेमनारायण गैरे, डाक्टर अशोक शाहा, प्रेस चौतारीका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, लुम्बिनी प्रदेश अध्यक्ष सोभाखर पन्थी, एमाले जिल्ला कार्यालय सचीव लिल बहादुर बिक लगायतको आथित्यता रहेको थियो ।

प्रेस चौतारीका इन्चार्ज हिम जिसि लेकालीको स्वागत मन्तव्य जिल्ला, अध्यक्ष बसन्त श्रेष्ठको संचालन तथा सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा करिब ४० जना बिरामीहरुलाई फलफुल बितरण गरिएको प्रेस चौतारीका सहसचिब सिद्धार्थ केसीले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?