काठमाडाैं । संघीय संसद्को हिउँदे अधिवेशन आज सोमबारदेखि सुरु हुँदै छ। विधेयक अधिवेशन पनि भनियो यो अधिवेशन क्यालेन्डरअनुसार सञ्चालन हुनेछ।
अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिमूलक बनाउन संसद् र सरकारले क्यालेन्डरअनुसार बैठक बस्ने निर्णय गरेका हुन्। सोमबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले फागुन १४ गतेसम्मको बैठकको क्यालेन्डर स्वीकृत गरेको छ।