बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरिएको छ ।
फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो । मन्त्रिपरिषदको निर्णयपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुख अमिश शेरचनलाई बैठक आह्वानका लागि सिफारिस गरेका थिए । सोहीबमोजिम प्रदेश प्रमुखले फागुन १८ गते हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए।