कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिकाकाे सभाहल खडैचामा मंगलबार सुशासन, पारदर्शिता र जवाफदेहिताकाे सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम विजयनगर गाउँपालिकाकाे आयोजना, मोफसल मिडिया प्रालिको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले सोधेका प्रश्न र जिज्ञासाको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजाल, शिक्षा प्रमुख हरिहर बेल्बासे, स्वास्थ्य प्रमुख यज्ञ प्रसाद अधिकारी, कृषि शाखा प्रमुख श्याम सुन्दर माली लगायतले जवाफ दिएका थिए ।

सामाजिक विकासकाे क्षेत्रमा बढी लगानी नगरेसम्म परिवर्तन सम्भव हुँदैन गाउँपालिका सामाजिक विकासलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेकाे छ ।

कार्यक्रममा बाेल्दै विजयनगर जयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिका सामाजिक विकासलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेकाे बताएका छन् । उनले सामाजिक विकासकाे क्षेत्रमा बढी लगानी नगरेसम्म परिवर्तन सम्भव नहुने बताए ।

समग्र विकासकाे क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गरेर अघि बढिरहेको बताउँदै स्वास्थ्य, शिक्षा र खानेपानी तथा सरसफाईमा गाउँपालिका केन्द्रित भएकाे अध्यक्ष थापाकाे भनाई छ । गाउँपालिकाले आगामी बैेशाखदेखि ‘सचेत परिवार परिचय-पत्र’ लागु गर्ने उनले बताए ।

समग्र गाउँपालिकाकाे विकासका लागि विजयनगर पूर्ण सरसफाई अभियान जारी राखेकाे रहेकाे जनाउँदै विपन्न परिवारका लागि ७ सय बढी शाैचालय निमार्ण गरिरहेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?