एसिसी महिला प्रिमियर कप : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो।

कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपाललाई १२ ओभरमा ५० रनको संशोधित लक्ष्य दिइएको हो।

नेपालका लागि सिता राना मगरले १७ रन बनाइन् भने कविता कुँवर एक रनमा रनआउट भएकी थिइन्। कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे।

कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक २९ रनको योगदान गरिन्।शान्थि बालासुब्रमनियन र खादिजा खलिले समान १३/१३ रन जोडे। तीन खेलाडी शून्यमा आउट हुँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन्।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा सिता राना मगरले ह्याट्रिक विकेट लिइन्। रुबिना क्षेत्री र कविता कुँवरले २/२ विकेट लिए।

नेपालले अब फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। बुधबारै भएको क्वाटरफाइनलमा मलेसियाले जापानलाई १६ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?