आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियाविरुद्ध जितका साथ नेपाल लिग टुमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ। एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन्। १ खेल भने नतिजा विहिन छ।

त्रिकोणात्मक सिरिजमा यी २ सहित नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ।

सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रिया समेत रहेको लिग टु मा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन्।

सहभागी टोलीबीच हुने २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १ सय ४४ खेल हुनेछन्। अंक तालिकाको शीर्ष ४ टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने र पुछारका ४ टोलीले प्लेअफ खेल्नु पर्नेछ।

विश्वकप छनोटमा लिग टु का शीर्ष ४ सहित प्लेअफका शीर्ष ४ र आईसिसीका पूर्ण सदस्य २ टोली गरि १० टोलीबीच शीर्ष ४ स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

लिग टु का लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ। यस पटक ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनालले टोलीमा पुनरागमन गर्दा रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन्।

हालै सम्पन्न क्यानडाविरुद्धको सिजिर क्लिनस्विप गर्दा अनिल र देवले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै क्यानडासँगको सिरिजमा विश्राम पाएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि लिग टु टोलीमा समावेश छन्। तर हाल युएईको फ्रेन्चाईज लिग इन्टरनेशनल लिग आईएल ट्वेन्टी ट्वेन्टीमा गल्फ जायन्टसबाट खेलिरहेका दीपेन्द्रले लिग टु को पहिलो खेल भने गुमाउने छन्।

यसपटक लिग टु मा नेपालले प्रत्येक वर्ष ३-३ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग टु बाहेक एक दिवसीय र टि ट्वेन्टी सिरिज पनि तालिकामा छन्। यसअघि २०१९ देखि २०२३ सम्मको लिग टु मा सहभागी ७ टोलीमध्ये स्कटल्याण्ड, ओमान र नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट भएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?