नामिबियाविरुद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु क्रिकेटअन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ। टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपाल र नामिबियाबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेको छ। एक खेल भने नतिजाविहीन भएको छ।

यस्तै नेपालले पर्सि नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ। ३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ।

सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रिया समेत रहेको लिग टु मा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?