स्थानीय सरकारका प्रमुख/उपप्रमुखलाई कर्मचारीले सञ्चालन गरेका छन् : सभामुख घर्ती

अर्घाखाँची । कार्यक्रममा सभामुख घर्तीले स्थानीय सरकारका प्रमुख/उपप्रमुखलाई कर्मचारीले सञ्चालन गरेको बताएका छन् ।

कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख घर्तीले यस्तो बताएका हुन् । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखले आफ्नो कर्तव्य तथा जिम्मेवारी बोध गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय सरकार व्यवस्थापिका र कार्यपालिका स्वयं आफै भएकाले कर्मचारी परिचालन गर्न सक्नुपर्ने बताए ।

सभामुख घर्तीले प्रदेश सरकार र स्थानीय सरकारको अन्योन्याश्रित सम्बन्ध रहेको समेत जिकिर गर्दै कानुन निर्माणकाे सवालमा सहकार्य गर्न अनुराेध समेत गरेका छन् । स्थानीय सरकारले विकास निर्माणमा मात्र जोड दिएको पाइएकाले कानुन निर्माणबिना विकास निर्माण गर्दा अप्ठ्यारो हुने भएकाले विकाससँगै कानुन निर्माणमा समेत ध्यान दिनुपर्नेमा सभामुख घर्तिले जोड दिए ।

उनले लुम्बिनी प्रदेशले हालसम्म ७६ वटा कानुन निर्माण गरिसकेको बताउँदै स्थानीय निजामती सेवा ऐन अध्यादेशबाट भएपनि छिटै ल्याउन लागिएको बताए । 

 

spot_img
[reaction_buttons_post]
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?