back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

मुख्यमन्त्रीद्वारा गनवरिया-शान्तिनगर सडककाे शिलान्यास

spot_img

कपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ ।

ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा, शान्ति नगर सम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेस सरकारका मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीले आज शिलान्यास गरेका छन् ।

कार्यक्रम महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खांको अध्यक्षतामा सम्पन्न भएको हो । पुर्वराज्य मन्त्री एवं कांग्रेस नेतृ रिना नेपालकाे पहलमा सडक निर्माण याेजना अघि बढेपनि बाकी बचेकाे कुशहवा बढ्नी बार्डरसम्मकाे बाटाेेलाई समेत समेटेर बजेट बिनियाेजन गरिदिन लुम्बिनी प्रदेश सरकारलाई उपस्थित जनप्रतिनिधिले मन्चबाटै अनुराेध गरेका थिए ।

लुम्बिनी प्रदेश का मुख्यमन्त्री डिल्लीराम चाैधरीले कपिलवस्तु जिल्लाकाे सांस्कृतिक, ओैधाेगिक एवं सशक्त सामाजिक रुपान्तरणमा आफू कटिबद्ध रहेकाे बताए ।

कपिलवस्तु नगरपालिका लोकप्रिय मेयर सुदिप पौडेल र बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि र एवं राजनैतिक दलका प्रमुख तथा सशरी बिकास मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?