आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

त्यस खेलमा ४ विकेट लिएका लोगन भान बिक यस पटक टोलीमा छैनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेलेका ओपनर म्याक्स ओडाउड नेपालको कन्डिसन बारे जानकार छन् ।

२०२१ को त्रिकोणात्मक टी-२० आई शृङ्खलामा उनले मलेसियाविरुद्ध टी-युमा १३३ रनको शतकीय इनिङ खेलेका थिए । बास डि लिडे, म्याक्स ओडाउड, तेजा निडामानिरु, स्कट एडवार्ड्स र विक्रमजित सिंह जस्ता ब्याटरले नेदरल्यान्ड्सको ब्याटिङ मजबुत बनेको छ । अलराउन्डर लिडे प्रमुख हतियार हुन् ।

नेदरल्यान्ड्सले स्पिन अलराउन्डर रोलेफ भान डर मर्वे, शरिज अहमद र आर्यन दत्त गरि तीनै जनालाई मैदान उतार्न सक्छ । सबैले राम्रो ब्याटिङ पनि गर्दछन् । अनुभवी मर्वेको बलमा नेपाली ब्याटर संयमित हुन आवश्यक देखिन्छ । भिभियन किंग्मा र लिडे प्रमुख तीव्र गतिका बलर हुन् ।

नेदरल्यान्ड्सका ब्याटर स्पिन खेल्न संघर्ष गर्ने गर्दछन् । स्कट बाहेक अन्यको स्पिनविरुद्ध  स्ट्राइकरेट र प्रदर्शन त्यति राम्रो छैन । नेपालले यस कमजोरीमा ध्यान दिनुपर्छ ।

यता नेपाल घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउन खोज्नेछ । नेपालले आज पवन सरार्फ र आसिफ शेखलाई बाहिर राख्दै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखलाई मैदान उत्रर्ने सम्भावना छ ।

दीपेन्द्रको प्लेइङ–११ मा पक्कापक्की जस्तै देखिन्छन् । दीपेन्द्र खेल्दा पवन बाहिर हुनेछन् । आसिफलाई बाहिर राख्दै आरिफलाई मौका दिनसक्छ ।

पछिल्लो खेलमा नेपाल नामिवियासँग १३२ रनमा अल आउट भएको थियो । खराब सट प्रमुख कारण थियो । नेपाली ब्याटरले क्रिजमा धैर्यता देखाउन आवश्यक पर्दछ । रोहित पौडेल र भीम सार्की प्रमुख ब्याटर हुन् । कुशल भुर्तेल र अनिल साह मध्य एकले ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।

नेदरल्यान्ड्सलाई दबाबमा राख्न पावर प्लेमा कम्तिमा दुई विकेटको आवश्यकता पर्नेछ । सोमपाल र करणको जोडीले ध्यान दिनुपर्छ । स्पिनर ललित र दीपेन्द्रको प्रदर्शन झनै महत्वपूर्ण हुनेछ ।

गत अक्टोबरमा विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको नेदरल्यान्ड्सको मनोबल उच्च छ । विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३७५ रनको लक्ष्य टाई गरेको थियो । टस निकै महत्वपूर्ण हुनेछ । बिहानको समयमा ब्याटिङ गर्न सहज मानिंदैन । टस हारेर पहिला ब्याटिङ गर्नुपरे नेपाल सुरुवातमा केही समस्यामा पर्न सक्छ ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच ओडीआईमा  तीन तीन ओडीआई खेल भएका छन् । नेपाल एक खेलमा जित्दा २ खेलमा हारेको छ । २०१८ मा नेपाल पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोस्रो खेलमा एक रनले विजयी भएको थियो । गत जुनमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

नेपालको टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

नेदरल्यान्ड्सको टोली

म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?