सन्धिखर्क १० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा पुजा आरम्भ

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वाड नम्बर १० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा पुजा आरम्भ गरिएको छ ।

मन्दिरका पुजारी तथा भक्तजन साथै पञ्चेबाजा सहित मुर्ति प्रतिस्थापन गरि पुजा आरम्भ गरिएको हाे । कार्यक्रममा वैदिक बिधिपुर्बक पुजाआजा संगै रिबन काटेर उद्घाटन समेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख जिबनारायण काेइरालाले रिबन काटी औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कोइरालाले वैदिक सनातन धर्म र यसको सम्बर्द्धनमा सबै लाग्नुपर्ने बताए । सामाजिक तथा धार्मिक ब्यक्तित्वो नारायण खनालले ९० प्रतिशत भन्दा बढि हिन्दु समाज रहेको नेपाललाइ धर्मनिरपेक्ष बनाउनु गलत भएको भन्दै हिन्दु राज्य घोषणा गर्न सबै नेपालीले आवाज उठाउनु पर्ने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ, उपप्रमुख मिस्रा आचार्य, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, शसस्त्र प्रहरी बलका प्रमुख, प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम वडा अध्यक्ष मोहनसिंह ठकुरीको अध्यक्षता हेमराज भुसालको स्वागत मन्तव्य तथा नेत्र मरासिनीको सन्चालनमा सप्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?