आजदेखि पाँच दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली, हल्का वर्षाको सम्भावना

काठमाण्डाै । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आजदेखि पाँच दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली, हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार  मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले आजदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहीवारदेखि शुक्रवारसम्म बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती र कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै, बिहीवार बाग्मती, मधेस र कोशी प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रवार गण्डकी, बाग्मती र कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

शनिवारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । मौसम बदलीका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?