भूमिकास्थानमा दादुरा रुबेला खोप अभियान तथा अभिभुखिकरण गोष्ठी

बाबुराम रसाईली,
अर्घाखाँची । अर्घाखाँची स्वास्थ्य कार्यालय अर्घाखाचीकाे आयाेजना भुमिकास्थान नगरपालिकाकाे सहजीकरणमा भुमिकास्थान नगरपालिकामा राष्ट्रिय खाेप कार्यक्रम अन्तरगत दादुरा रुबेला खाेप अभियान तथा खाेप दिने स्वास्थ्यकर्मीहरुकाे १ दिने अभिमुखिकरण गाेष्ठी भुमिकास्थान नगरपालिकाकाे सभाहलमा सम्पन्न भएकाे छ ।

उक्त खाेप अभियान अन्तर्गत ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई आगामी फागुन १३ देखि १७ गते सम्म जिल्लाकाे ६१ वटा वडामा संचालन हुने दादुरा रुबेला खाेप अभियान अभिमुखिकरण गाेष्ठि नगरपालिकाकाे १० वटा वडामा पर्ने सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुविच सम्पन्न भएकाे हाे ।

बालबालिकामा लगाईने दादुरा रुबेला खाेप ताेकिएकाे उमेर समुहका बालबालिकालाई खाेप लगाउन नछुटाउने उदेश्य र खाेप अभियानलाई प्रभावकारी एंवम जिल्लामा पुर्ण दादुरा रुबेला खाेप अभियान २०८० सफल बनाउनकाे निम्ति गाेष्ठी संचालन गरेकाे स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य अधिकृत गणेशराज पाैडेलले बताएका हुन् ।

त्यस्तै खाेप लगाउने तरिका, खाेप कसरी सुरक्षित राख्ने, टेम्प्रेचर मेन्टेन कसरी गर्ने र बालबालिकामा खाेप लगाए पश्चात एईएफआई समस्या देखा परे कसरी समाधान गर्ने भन्ने प्राविधिक ज्ञानकाे समेत डेमाे प्रस्तुत गरि त्यसकाे बारेमा लुम्बिनी प्रदेश गुणस्तर अनुगमन अधिकृत मनाेज नेपाल खुसी खुसीले जानकारी दिए ।

खाेप अभियान कार्यक्रममा भुमिकास्थान नगरपालिकामा १० स्वास्थ्य संस्थामा १० वटै खाेप केन्द्र भएतापनि अभियान समयमा १ वडा बराबर ५ खाेप केन्द्र गरि करिब ५० खाेप केन्द्रमा खाेप संचालन गरि ताेकिएकाे उमेर समुहका सबै बालबालिकाहरुलाई खाेप प्रदान गर्ने भुमिकास्थान नगरपालिका स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापाले बताउनु भएकाे थियाे ।

उक्त अभियानमा खाेप सामग्री, प्रचार प्रसारका सामग्री लगायत अन्य सामग्री सुरक्षित राख्नकाे लागि गाेष्ठीमा उपस्थित स्वास्थ्य कर्मिहरुलाई १/१ थान झाेला समेत वितरण गरिएकाे थियाे ।

कार्यक्रम स्वास्थ्य शाखा अर्घाखाँचीका जनस्वास्थ्य अधिकृत गणेशराज पाैडेलकाे संयाेजक, लुम्बिनी प्रदेश गुणस्तर अनुगमन अधिकृत मनाेज नेपाल खुसी खुसीकाे प्रमुख आतिथ्यता, पत्रकार महासं अर्घाखाँची शाखाका सदस्य बाबुराम रसाईलीकाे आतिथ्यता र भुमिकास्थान नगरपालिका स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापाकाे संचालनमा सम्पन्न भएकाे हाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?