कपिलवस्तुमा एक जना पुरूषको हत्या, गाडिएको अवस्थामा शव फेला

कपिलवस्तु । कपिलवस्तुमा एक जना पुरूषको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ।

आइतबार साँझ ६ बजेतिर कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फ खेतको कुलोमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

शव देखेपछि स्थानीयले वडाध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेका थिए। वडाध्यक्ष तिवारीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई जानकारी गराएपछि सोमबार बिहान प्रहरीले शव निकालेको हो।

घुँडाको भागमात्र देखिएको शवलाई खाडलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए। शवको टाउको फेला नपरेको पनि एसपी पौडेलले बताए। त्यस्तै यौनांग र शरीरका अन्य अंग पनि जलाइएको अवस्थामा फेला परेको हो।

घटनास्थल कोदाहवा चोकदेखि ५ सय मिटर दक्षिण तर्फ छ। ती पुरूषको अन्तै हत्या गरी शरीरमात्रै त्यहाँ गाड्न ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। टाउकोको अन्तै व्यवस्थापन गरेको प्रहरीको आशंका छ।

ती पुरूषले शरीरमा जिन्सको सर्ट लगाएको र नाडीमा धागो बाँधिएको अवस्थामा शव फेला परेको डिएसपी हरिबहादुर वलीले जानकारी दिए।

शवलाई खाडलबाट निकालेर पोष्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। घटनाको थप अनुसन्धान अगाडि बढाएको वलीले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?