गगनको प्रस्तावमा देउवा सहमत, आज बन्दसत्र

काठमाडौं । सांगठनिक प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको महासमिति बैठकको कार्यतालिका नै प्रभावित भएको छ।

ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो सुरु भएको महासमिति बैठक उद्घाटन सत्रपछि रोकिएको छ। बैठक आज बिहान ९ बजे सुरु हुने कांग्रेसले जनाएको छ।

चुनावी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति जनाउँदै सभापति शेरबहादुर देउवाले बन्दसत्रको तालिका सारेर पदाधिकारीसँग छलफल  गरेका हुन्।

महासमिति बैठकको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताएका थिए। अहिलेको गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला नभएको देउवाको दाबी छ। उनले शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने पनि बताए।

अन्तत नेपाली देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन्। अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको जनाइएको छ।

महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६-७ घण्टा लामो छलफल भएको थियो।

१० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन्। बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।

 त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?