नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै

काठमाडौं । नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै छ ।

खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।

नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् ।

पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ ।कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन् । अर्जुन कुमाल र प्रतिश जि.सीबाट अझ आशा राख्नेछ ।

मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुन: हाबी बन्न सक्छन् । पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् ।

उता क्यानडा ४५-४ को अवस्थाबाट उक्त खेल ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अर्धशतक प्रहार गरेका नवनित धालिवाल र निखिल दत्तको मनोबल उच्च हुनेछ । ओपनर आरोन जोनसन प्रमुख हिटर हुन् । साद विन जाफर प्रमुख स्पिन अलराउन्डर हुन् ।

तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?