नेपाल ए ले क्यानडाविरुद्ध सन्दीपको कप्तानीमा फिल्डिङ गर्दै

काठमाडौं । नेपाल-ए ले  एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज टोली नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो ।

आज नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ । रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ । विनोद भण्डारी र प्रतिश जि.सीलाई बाहिर राखेको छ । यू-१९ का ओपनर अर्जुन कुमालले किपिङ गर्नेछन् ।

नेपाल-ए को प्लेइङ ११

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जि.सी. ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?