अर्घाखाँची : सुन्तलाको जुस बनाउदै पाणिनिका कृषक

अर्घाखाँची । गाउँघरमा पाहुनालाई पाहुरको रूपमा प्रयोग हुँदै आएको सुन्तला यतिबेला व्यावसायिक अभ्याससँगै आयआर्जनको मुख्य स्रोत बनेको छ । सुन्तलाको व्यावसायिक खेतीसँगै अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ पोखराथोकका किसानहरु सुन्तलाको जुस बनाउन सक्रिय भएका छन् ।

साना र नबिकेका सुन्तलाकाे जुस बनाउँदा राम्राे सदुपयाेग हुन्छ

सुन्तलालाई खेर जान नदिन, कृषकलाई आयआर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन किसानलाई जुस बनाउने तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताए । ‘ साना सुन्तला जुन बिक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन्, त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ खनालले भने ।

केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्‍याउन थालेका छन् । सबै ग्राहकका आँखा लाग्ने ठूला सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने साना सुन्तलाबाट जुस बनाउने कामसमेत शुरु गरिएको छ ।

पाणिनि गाउँपालिका वडा नम्बर १ र २ का अगुवा कृषकको भेला गराइ सुन्तलाबाट जुस निकाल्न तालिम दिन शुरु गरिएको र कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको घरेलु कार्यालयका प्रमुख खनालको भनाई छ ।

अर्घाखाँचीमा पाणिनि गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । यहाँका किसानले वार्षिक १० करोड रुपैयाँको सुन्तला बिक्री वितरण गर्ने गरेका छन् । सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिम दिइएपछि किसानहरु हर्षित भएका छन् ।

तालिमबाट सिकेको सीप गाउँमा एक कृषकबाट अन्य कृषकले पनि सिक्ने भएका कारण तालिमको आयोजना गरिएको घरेलु कार्यालय अर्घाखाँचीका अधिकृत लक्ष्मी प्रसाद दाहालले जानकारी गराए ।

दुई वडाका २० जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम सिक्न शुरु गरेको दाहालले बताए । अब सुन्तलाको जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने लक्ष्य लिइएको कार्यालयका प्रमुख खनालको भनाइ रहेको छ ।

अर्घाखाँचीको सुन्तला विभिन्न जिल्ला, मेला र हाटबजारमा जाने गरेको र सुन्तला बिक्री वितरणबाट राम्रो आम्दानी हुने गरेको अगुवा कृषक प्रमोद गौतमले जानकारी दिए ।

गौतमले सुन्तलाको जुस बनाएर सबैको हातमा जुस पुर्‍याउने अभियानमा लागेको बताउँदै यसले गाउँमा किसानहरुको मनोबल बढेकाले आयआर्जमा पनि वृद्धि हुने अपेक्षा रहेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?