काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ। आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेञ्च मा बस्दा करण केसी टोलीमा फर्किएका छन्।
यसअघिको खेलमा नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।