एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबार (आज) पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गरेका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल शुरु भएको हो।

मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाकासहितको कार्ययोजना प्रश्तुत गरेका थिए। सोही कार्ययोजनामाथि समूहगत रुपमा छलफल शुरु गरिएको हो।

एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ। सोही सुझावपत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताए।

भोलि (बिहीवार) सम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूह बनाएको छ।

समूहले प्रश्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ। बैठकको शुरुमै अध्यक्ष ओलीले सरकार पूर्णतः असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?