अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका ५ मैदानमा यहीँ फागुन १३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेलाको खोप अभियान संचालन हुने भएको छ ।
वडाभित्र रहेका ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन लागिएको मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार दादुरा रुबेला खोप अभियान अन्तर्गत फागुन १३ गते बोहखर खोप केन्द्र, फागुन १४ श्री कृष्ण मा.वि, फागुन १५ गते राधाकृष्ण मन्दिर, फागुन १६ गते भर्तापुर खोप केन्द्र र फागुन १७ गते मैदान स्वास्थ्य चौकीमा संचालन हुनेछ ।
खोप नि:शुल्क पाइने र सुरक्षीत भएको हुनाले ढुक्कसँग आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा आ-आफ्नो ठाउँबाट खोप लगाउनको लागि सहयोग गरिदिन समेत उनले आग्रह गरे । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन समेत मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले अनुराेध गरेका छन् ।
याे अभियान जिल्लाभर संचालन हुदैछ ।













