नेपाल एसँगको तीन खेलको एकदिवसीय शृंखला क्यानडालाई

काठमाडौं । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ।

बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो। १८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। क्यानडाको जितमा निकोलस किर्तनले नटआउट ५८ रनको योगदान दिए। त्यस्तै, आरोन जोनसनले ४२ र नभनित धाइवालले ३८ रन बनाए। बलिङमा क्यानडाका हर्ष ठाकेर, डिलन हेइलिजर र निकोलस किर्तनले समान २-२ विकेट लिए। त्यस्तै कालेम साना र साद जाफरले समान १-१ विकेट हात पारे।

नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए। शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए। यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे। त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १-१ विकेट लिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?