संघीय संसद्का दुवै सदनको बैठक आज

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ।

बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगेपछि बैठक आजसम्मका लागि स्थगित भएको हो।

यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्नेछिन्।

अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानून २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्नेसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभासमक्ष पेस गर्नेछन्।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आज सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?