नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हार्‍याे, पहिला ब्याटिङ गर्दै

काठमाण्डौ । विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । कीर्तिपुर मैदानमा साढे ९ बजेदेखि शुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्नेछ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ । सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा समेटिएको छ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो ।

त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो भने अस्ति शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अंक छ । नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अङ्का साथ लिग–२ को शीर्ष स्थानमा छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?