काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ।
४९.३ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १७२ रन बनाउन सक्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । करण केसीले २६ रन बनाए ।
त्यस्तै, करण केसीले आरिफ शेखले २२, आसिफ शेख १७,अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल १६, गुल्शन झा ५ऽदिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्। यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए।