नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

काठमाडौं l आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल पराजित बनेको छ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो।  ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले  ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाउन सक्यो।

नेपालका लागि  कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए।  करण केसीले २६ रन बनाए।  त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७,अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल  १६, गुल्शन झा  ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्। यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए।

यसअघि डच टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?