अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ ।
फागुन १५ गते ४२ औँ मगर दिवसको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिन लागिएको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले जानकारी दिए ।
मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला शितगंगा नगरपालिकाले भने उनीहरूको माग सम्बोधन गर्दै बिदा दिएको छ ।
देशकै ठुलाे नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको छ ।