क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, कसले कति पाउँछन्?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ।

क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगर गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ।

एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरलाई २५ हजार मासिक तलब तोकिएको हो।

पुरुषतर्फ ए मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बी मा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन्।

त्यस्तै सी मा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन्।
त्यस्तै इमर्जिङ क्याटोगरमा दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेस), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदुर पश्चिम) रहेका छन्।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?