टी–२० सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ।  खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन्। नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।

नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ। ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी-२०आई टोलीमा छैनन्। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन्।

नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ। नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ  बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?