लुम्बिनी प्रादेशिक अस्पतालकाे भवन निर्माणबारे एमाले उपाध्यक्ष पौडेलको चासो

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे साेमबार स्थलगत अनुगमन गरी जानकारी  लिएका छन् ।

आयोजनाको जानकारी लिँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उपाध्यक्ष पौडेलले गुणस्तरियतासँगै समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे । सो अवसरमा उनले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न तथा गुणस्तरीय काममा जोड दिन आग्रह गरे ।

प्रादेशिक अस्पतालमा रु ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको भवन निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सो आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपाध्यक्ष पौडेलले रुपन्देहीमा ठूलो लगानीमा संरचना निर्माण हुन लागेको उल्लेख गर्दै प्रदेशले अगाडि बढाएको यो आयोजनालाई सङ्घीय सरकारबाट आवश्यकपर्ने सहयोगका लागि  पहल गर्ने बताए ।

उनले भने, “यो आयोजना प्रदेशवासीको सर्वाधिक सरोकारको आयोजना हो ।”  सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जोखिमरहित तरिकाले अस्पतालको हालको स्वास्थ्य सेवामा कुनै पनि प्रभाव नहुने गरी पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको गरिएको उपाध्यक्ष पौडेललाई जानकारी दिए ।

अस्पतालमा बहिरङ्ग सेवामा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरीलगायत सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले जानकारी दिए

अस्पतालमा निर्माण हुनलागेका आयोजनाको जानकारी लिएपछि उपाध्यक्ष पौडेलले आजै अस्पतालका चिकित्सकसँग अस्पतालमा गुणस्तरिय स्वास्थ्य सेवा बिस्तारका बारेमा बारेमा छलफल गरेका थिए । त्यस अवसरमा अस्पतालका बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा.विष्णु शर्माले लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका रुपमा लैजान ढिलाई गर्न नहुने सुझाव दिइन् ।

यस्तै अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले प्रादेशिक अस्पतालमा निर्माण हुने पूर्वाधार आयोजनाको जनस्तरबाट विज्ञसहितको सुझाव तथा अनुगमन समिति बनाउनुपर्ने सुझाव दिए । उनले भवन निर्माण गर्दा आवश्यक संरचना व्यवस्थापनमा पटक पटक तोडफोड गरेर व्यवस्थापन गर्न नपर्ने गरी पहिले नै ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमापत नयाँ भवनको निर्माण अगाडि बढेको हो । अस्पतालको ६ बिघा १२ कट्ठा जग्गामा भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सो आयोजनाका प्रमुख इञ्जिनियर रमेश शर्माले जानकारी दिए ।

हालको तीन सय (समितिबाट थप भएकोसमेत गरी पाँच सय) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार दुई सय शय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गरिएको उनको भनाइ छ ।

विसं २०८५ साल पुसमा निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्ने गरी गत पुस २६ गते उक्त सम्झौता भएको हो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?